Logo
Logo

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना- एकै गाउँका ५ जनाको मृत्यु, ८ घाइते


315
Shares

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

गएराति साढे १० बजे आठबीसकोट नगरपालिका–१० नजिकै रा १ त १४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भद्र सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्की रहेका छन् ।

घाइते आठ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्