Logo
Logo

५ वटा जहाज लिलामीमा बेच्दै नेपाल एयरलाइन्स


567
Shares

काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । उसले एक सूचना जारी गर्दै जहाज लिलामीमा राखेको हो ।

उक्त एयरलाइन्सले दुईवटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामीमा बेच्न लागेको हो ।

यी पाँचवटा चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर थन्काइएको छ ।

लिलामीमा राखिएका जहाज जसले बढी मूल्य कबुल गर्छ, उसैले पाउने छ ।

त्यसका लागि आज (बिहीबार) गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने समयसीमा (म्याद) आगामी माघ २१ गतेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्