Logo
Logo

नेपाल-श्रीलंकाको संयुक्त बैठक काठमाडौंमा


315
Shares

काठमाडौं । नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक जारी छ । काठमाडौंमा जारी बैठक बिहीबार बिहानबाट सुरू भएको हो ।

उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदसहित परराष्ट्र सचिव सेवा लम्साल र सरकारका उच्च प्रतिनिधिहरूको सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार श्रीलंकाका तर्फबाट पनि परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू सहभागी छन् ।

दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, संस्कृति, पर्यटन र शिक्षा क्षेत्रमा सहयोग आदानप्रदान, बहुपक्षीय फोरमहरूमा सहकार्य गर्नेलगायत विषयमा छलफल भइरहेको छ ।

बैठक भोलि (शुक्रबार)सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्