काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो।
कोइरालाको पहिलो कार्यकालमा बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य सुधारसहित डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको बैंकले जनाएको छ ।











