काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ‘भिजा पार्टनरशिप’ अवार्डबाट सम्मानित भएको छ ।
मङ्गलवार काठमाण्डौमा आयोजित ‘भिजा लिडरशिप कन्क्लेभ २०२३’ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आईएमई पेलाई ‘एक्सिलेन्स इन फिनटेक पार्टनरशिप’ अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आईएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ ।
आईएमई पेले अहिले भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ ‘बेन्चमार्क’ राखेको र आउँदामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरू लिएर आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी गराए ।











