Logo
Logo

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


378
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक बसेको छ ।

शनिबार बिहान ११ बजेदेखि उक्त बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो ।

पुस २ र ३ गते लगातार बसेको सचिवालय बैठक शनिबार पनि बस्न लागेको हो ।

बैठकमा पार्टीको महाधिवेशन मिति तय गर्नेदेखि विधान संशोधन मस्यौदामाथि छलफल भइरहेको पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको तीन सदस्यीय मस्यौदा समितिले पेस गरेको विधानमाथि पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्