काठमाडौं, १३ फागुन ।
चर्चित पूर्व प्रहरी अधिकृत रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक नयाँ अभियान सुरु गर्ने भएका छन् । बिहीबार एक कार्यक्रम गरेर यो अभियानको सुरुवात गर्न लागिएको छ ।

देशमा सुशासनका लागि यो अभियान सुरु गर्न लागिएको खरेलले फेसबुकमार्फत जानकारी गराएका छन् । देशको बारेमा गुनासो मात्र गर्नु भन्दा देशमा सुशासनका लागि एकीकृत भएर अघि बढ्ने उदेश्यले यो अभियान सुरु गरिएको उनले बताए ।

खरेल नेपाल प्रहरीका सबैभन्दा चर्चित अधिकृत हुन् । सरकारलाई आईजिपीमा बढुवा नगरेपछि दुई वर्षअघि उनले राजिनामा दिएका थिए । उनलाई विभिन्न पार्टीले राजनीतिमा लाग्न आग्रह गरेपछि अस्वीकार गर्दै आएका थिए । अभियानमार्फत उनी नागरिक समाजका अगुवा बन्ने भएका छन् । कतिपयले भने अभियानमार्फत उनी राजनीतिमा आउन लागेको आँकलन गरेका छन् ।











