
काठमाडौं । तराईका केही भू–भागमा आज (मंगलबार) बिहान हुस्सु र कुहिरो लागेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यद्यपि हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेकोले वर्षा र हिमपातको सम्भावना छैन ।














