Logo
Logo

३४औँ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक : गोसाइकुन्ड भ्रमणदेखि ‘क्यासब्याक’सम्मको योजना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार आफ्नो ३४औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बैंकका डिजिएम बिजेन्द्र सुवाल र रविन सिजापतिले जन्मोत्सवको केक काटेर उद्घाटन गरे ।

वार्षिकोत्सव अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटिसगँ सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो रक्तदानका करिब डेढ सय जनाले रक्तदान गरेका छन् ।


यस अवसरमा बैंकले अत्याधिक सेवा प्रदान गर्ने उद्देश्यसहित आफ्ना ग्राहकको सम्मानमा दुई योजनाहरु पनि सुरु गरेको छ । पहिलो योजनाअन्तर्गत वार्षिकोत्सवका दिन भिसा डोमेस्टिक क्रेडिट/डेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक, डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक पाइनेछ, जुन अधिकतम रु ३,४०० रुपैयाँसम्मको हुनेछ ।
दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत् मासिक रु ३,४०० को किस्ता बन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुने बैंकले जनाएको छ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।

साथै बैंकले बालबालिकाहरुका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ ।
बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरुमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।
यसबाहेक बैंकले गतवर्ष वार्षिकोत्सवकै दिन बैंकसँगको नाता मेरो आफ्नै बचत खाता अभियानसहितको कमिक बुक पनि ल्याएको थियो ।
साथै, कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्यमूल्य–मान्यताहो जुन एनआईबीएलले वर्षौंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्