काठमाडौं, १५ फागुन ।
बिहीबार घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेल अलग भएका छन् । अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो । अभियानमा केही विवादास्पद व्यक्तिहरु रहेको र यसबाट आफुहरुको व्यक्तित्वमै असर पर्ने देखेपछि उनीहरु अलगिएका हुन् ।

केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना तत्कालका लागि अलग्गिएका हुन् र शाही विवादास्पद पृष्ठभुमी भएका व्यक्ति हुन् । आफुलाई सिए बताउने उनले सिए नै नपढेको बताइएको छ । शाही अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन्। खरेलले परस्थिती आफ्नो नियन्त्रणबाहिर गएकाले उद्घाटन कार्यक्रममा सहभागी नभएको बताएका छन् । बिहीबार अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने तयारी थियो। तर आन्तरिक विवाद चुलिएपछि खरेल, सिटौला र यादवको समूह अलग्गिएको हो । अभियानमा केही विवादास्पद व्यक्तिहरु छन् ।











