Logo
Logo

गण्डकीको पर्यटन पुर्वाधार विकासमा अध्यक्ष ढकालको जोड



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णता तथा शीघ्र सञ्चालनका लागि जोड दिएका छन् ।

बुधबार बागलुङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा कालीगण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ जिल्लाको समृद्धिमा ठुलो टेवा पुग्ने बताएका हुन् ।

गण्डकी प्रदेश भौतिकरुपमा दुई ठूला छिमेकी भारत र चीनसँग जोडिएको तथा पोखरा, मनाङ, मुस्ताङ, काल गण्डकी र हिमालदेखि लिएर बागलुङको ढोरपाटनजस्ता कैयौँ अद्वितीय पर्यटकीय क्षेत्रहरू समेटिएकाले यसबाट फाइदा लिन थप प्रयत्न गर्नुपर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

उनले दक्षिणी छिमेकीको करिब एक अर्ब मानिसको आस्थाको केन्द्र मुक्तिनाथ मुस्ताङ प्रवेश गर्ने गेट–वे पनि बागलुङ भएकाले यसको थप प्रवर्द्धन गर्नुपर्ने पनि आवश्यकता औँल्याए ।

भारत र चीन जस्ता निकट छिमेकीको जनसंख्या पौने ३ अर्ब छ । नजिकैको ठुलो पर्यटन बजार हुनु ठुलो अवसर हो । त्यसैले यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माणले हवाई र स्थल मार्गबाट थप पर्यटक भित्र्याउन सकिने यथार्थलाई मनन गरेर प्रदेश सरकारले ध्यान पु¥याउनुपर्ने अध्यक्ष ढकालले उल्लेख गरे ।

कोरोला नाकाको स्तरोन्नति र अधिकतम प्रयोग एवं पूर्ण सञ्चालनका लागि बागलुङ जिल्ला र गण्डकी प्रदेशका व्यवसायीहरूले पहल लिनु पर्ने समय आएको पनि अध्यक्ष ढकालले बताए । बेइजिङको समृद्धि भित्र्याउने र स्थानीय उत्पादन चीनतर्फ निर्यात गर्न केरेला नाका प्रभावकारी हुने भएकाले संख्या सरकार सँगसँगै प्रदेश सरकारले पनि अग्रसरता लिनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

बागलुङको पर्यटकीय सम्भावनाको चर्चा गर्दै अध्यक्ष ढकालले पोखरा आएका कम्तीमा पनि आधा पर्यटक पर्वत, बागलुङ बास बस्दै मुस्ताङ पु¥याउन सकिने योजना बनाएर काम गर्ने गरी जुट्न पनि अध्यक्ष ढकालले स्थानीय व्यवसायीलाई आग्रह गरे ।

पर्यटन प्रवद्र्धनबाट नै स्थानीय उत्पादन र उद्यमशीलताको विस्तार र विकास गर्न सकिन्छ भन्ने तथ्य बुझेर आवश्यक पर्यटन पूर्वाधारको निर्माण गरी छिमेकको विशाल पर्यटन बजारलाई आकर्षित गर्नु पर्ने पनि अध्यक्ष ढकालले बताए ।

सो अवसरमा अध्यक्ष ढकालले बागलुङ महोत्सवमा समुद्घाटनमा सरिक हुनु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाइ नेपालका समग्र उद्योगी, व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र यस महोत्सवको मुख्य आयोजक जिल्ला उद्योग वाणिज्य संघ, बागलुङका तर्फबाट धन्यवाद समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्