Logo
Logo

यी एजेन्डामाथि छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


378
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ ।

बैठक आज (बिहीबार) दिउँसो १ बजे सानेपामा बस्ने पार्टी प्रचार-प्रसार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा संलग्न मन्त्रीहरूको कामकारबाहीबारे छलफल हुनुका साथै समीक्षा पनि हुनेछ ।

यसका साथै मन्त्रीहरूले हालसम्म गरेका कामबारे पनि बैठकलाई जानकारी गराउनुपर्नेछ ।

त्यस्तै आजको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनको तयारी र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुने विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्