
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘मेलमिलाप दिवस’ मनाउने भएको छ । उसले यहीँ पुष १६ गते उक्त दिवस मनाउने भएको हो ।
मेलमिलाप दिवसमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले फोनमार्फत वक्ताको रूपमा सहभागी भइदिन आग्रह गरेको ओलीको सचिवालयले जनाएको छ ।
कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा हुने कांग्रेसले जनाएको छ । मेलमिलाप दिवसका लागि कांग्रेसले आज औपचारिक रूपमै पत्र पठाउने बताएको छ ।














