Logo
Logo

पीडित कुट्ने मिटरब्याजी निरौलाविरुद्ध उजुरी दर्ता


1.1k
Shares

काठमाडौं । सिरहा जिल्ला अदालतमै दुई पीडितमाथि कुटपिट गर्ने मिटरब्याजी श्याम निरौलाविरुद्ध उजुरी दर्ता भएको छ ।

बुधवार अदालतमै पीडितद्वय रौदी यादव र सुकुमारी साहमाथि कुटपिट भएपछि निरौलालाई पक्राउ गरि कारबाही गर्न माग गर्दै पीडितहरु रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका थिए ।

मिटर ब्याज विरुद्धको संघर्ष समितिका केन्द्रीय संयोजक मनोज पासवानसहित पीडितहरुले माग पुरा नभएसम्म धर्ना जारी राख्ने अडान लिएपछि प्रहरीले पीडित कुट्ने निरौलाविरुद्व जाहेरी दर्ता गरेको हो ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्