Logo
Logo

विवादबीच ओली र प्रचण्डद्वारा संयुक्त प्रशिक्षण सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन ।
वामदेव गौतम प्रकरणमा पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशको प्रशिक्षण यलम्बर पार्टी प्यालेस रामशाह पथमा सुरु भएको छ।


कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी छन्।
वामदेव गौतमलाई राष्ट्रिय सभा लैजाने पार्टी सचिवालयको निर्णय र सो निर्णयमा ओलीको असहमतिले पार्टी पंक्ति तरङ्गित भइरहेको बेला शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएका हुन्।

प्रशिक्षणमा १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्री गरी २ हजार १ सयलाई प्रशिक्षणका लागि बोलाइएको छ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रशिक्षण कार्यक्रममा ढिलो गरी आइपुगेका हुन्। उनको नाम सम्बोधन गर्ने नेताको सूचीमा छ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभामा सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको थियो। पछि प्रधानमन्त्री ओलीले सो निर्णय आफूलाई मान्य नहुने बताएपछि नेकपा पार्टी पंक्तिमा तरंग पैदा भएको छ। यो प्रकरणमा पार्टीभित्र ओली एक्लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्