Logo
Logo

सरकारले तोक्यो गहुँको समर्थन मूल्य



काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

आज बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ हजार ५० रुपैयाँ तोकेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए ।

बैठकका निर्णय सुनाउँदै प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको अहिलेको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताए ।

यसैगरी सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्