Logo
Logo

कांग्रेसका पूर्वसांसद नेकपामा प्रवेश


- दृष्टि न्युज/संवाददाता


प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा पार्टी कार्यालय धुमवाराहीमा चितवनका पूर्व नेपाली काँग्रेसका सांसद तीर्थराज भुषाललाई पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै ।


काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहालले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसाललाई स्वागत गरेका छन् । भुसाल २०४९ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला सभापति भएका थिए । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए ।
नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए । उनले भने, ‘नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ ।’ उनले कांग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनि गोलबन्द हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्