Logo
Logo

तीन जना एआईजीमा सिफारिस, भावी आईजिपीमा थापा र पालको प्रतिस्पर्धा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन ।
नेपाल प्रहरीका तीन डिआईजी एआईजी बढुवामा सिफारिस भएका छन् । डिआईजीहरु तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल बढुवा सिफारिस भएका हुन् ।

बिहीबार गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको बढुवा सिफारिस समितिले उनीहरुलाई सिफारिस गरेको हो । एआईजीको तीन मात्र सिट हुँदा इमान्दार र क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिने निरज शाही र प्रद्युम्न कार्की भने छुटेका छन् ।
बरिष्ठताका आधारमा उनीहरु नै सिनियर थिए । यो बढुवासँगै नयाँ महानिरीक्षकमा थापा र पालबीच प्रतिस्पर्धा हुने देखिएको छ । असार २५ मा हालका महानिरीक्षक ठाकुर ज्ञवालीले अवकाश पाएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्