Logo
Logo

प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट गर्दै



काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आइपुगेका छन् । उनीहरू हिजो (शुक्रबार) बेलुका संघीय राजधानी काठमाडौं पुगेका हुन् ।

मुख्यमन्त्रीहरूले संविधान कार्यान्वयनको मागका लागि काठमाडौं पुगेको बताएका छन् । उनीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।

शुक्रबार हेटौँडामा भेला भएर अन्तरप्रदेश समन्वय बैठक गरेका ७ प्रदेशका मुख्यमन्त्री आज प्रधानमन्त्री प्रचण्डलाई भेट्दैछन् ।

संविधान अनुसार संघीयता कार्यान्वयन गर्न अधिकार माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ६ प्रदेशका मुख्यमन्त्री काठमाडौं पुगेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

उनका अनुसार हेटौँडा भेलाले गरेको ९ बुँदे निर्णयसहित प्रधानमन्त्री प्रचण्डलाई आज बिहान भेट्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा मुख्यमन्त्रीहरूले हेटौँडा भेलाको ९ बुँदे ध्यानाकर्षण पत्रसहित गत असार १५ र १६ गते पोखरामा भएको बैठकको निर्णय कार्यान्वयनबारे छलफल गर्नेछन् ।

यद्यपि मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने काठमाडौं आएका छैनन् । प्रदेशको कार्यसम्पादनको व्यतताका कारण उनी हेटौँडाबाटै धनगढी फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्