Logo
Logo

प्रधानमन्त्री र प्रदेश मुख्यमन्त्रीबीच भेटवार्ता- प्रादेशिक अधिकार प्रत्यायोजनको माग, प्रचण्ड तत्पर



काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरूले आज (शनिबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
उनीहरूले संघीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई प्रादेशिक अधिकार प्रत्यायोजन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

हिजो (शुक्रबार) हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला भएर अन्तरप्रदेश समन्वय बैठक सम्पन्न गरेका थिए । उक्त बैठकले गरेको ९ बुँदे निर्णय उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

हेटौँडा र पोखरा बैठकको निर्णयबारे ध्यानाकर्षण गराउँदै संघीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न उनीहरूले प्रधानमन्त्रीलाई अनुरोधसमेत गरेका छन् ।

संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजवन नगर्दा सरकारी कामकारबाहीमा उल्झन भएको भन्दै सुदूरपश्चिमका मुख्यन्त्री कमल शाह बाहेक ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयन र प्रदेशको अधिकार प्रत्यायोजनमा आफू तत्पर रहेको मुख्यमन्त्रीहरूलाई आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्