Logo
Logo

ललितपुर प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी


5.2k
Shares

काठमाडौं । सरकारले जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफल र सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङपछि ललितपुर प्रहरी प्रमुख एसएसपी शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको हो ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो ।

शुक्रबार नै प्रदर्शनकारीले भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्