Logo
Logo

सन्दीप कप्तान रहेको पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो-क्लबको उपाधि



वीरगञ्ज । प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको उपाघि नेपल पुलिस क्लबले जिनेको छ । सन्दीप लामिछाने कप्तान रहेको पर्सा–११ लाई हराउँदै पुलिसले उपाधि जितेको हो ।

नारायणी रंगशालामा भएको खेलमा ४५ रन बनाएर ११ ओभरमै पर्सा ११ अलआउट भएपछि पुलिसले एक सय रनले उपाधि जितेको हो ।

खेलमा पर्सा ११ का खेलाडी अनिल साहले १२ बलमा १३ रन बनाउँदा हासिम अन्सारीले १७ बलमा ९ र पवन सर्राफले १४ बलमा ७ रन जोडे।

पुलिसका बलर सागर ढकालले चार ओभरमा २२ रन खर्चिएर चार विकेट लिए । ललित राजवंशीले दुई ओभरमा ५ रन दिएर दुई विकेट लिँदा रसिद खानले एक ओभरमा ४ रन दिएर दुई विकेट लिए ।

अर्का बलर करण केसीले तीन ओभरमा ७ रन दिएर एक विकेट लिए भने शेर मल्लले एक ओभरमा ६ रन दिएर एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले एक सय ४५ रनको लक्ष्य दिएको थियो। पुलिसले २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो ।

पुलिसका खेलाडी करण केसीले १७ बलमा ४० रन बनाउँदा अर्जुन साउदले २६ बलमा २६ र शंकर राणाले १२ बलमा १९ रन जोडे । यस्तै, दिलीप नाथले १४ बलमा १७ रन र आरिफ शेखले १९ बलमा १६ रन बनाए।

पर्सा ११ का बलर पवन सर्राफले चार ओभरमा ४१ रन दिएर दुई विकेट लिँदा सैफुल्लाह अन्सारीले चार ओभरमा १६ रन दिएर दुई विकेट लिए ।

अर्का बलर रूपेश सिंहले चार ओभरमा २५ रन खर्चिएर एक विकेट र रन्जित कुमारले चार ओभरमा २० रन दिएर एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्