Logo
Logo

कांग्रेसले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । आज (आइतबार) दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको हो ।

पार्टी केन्द्रीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक तथा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको कांग्रेसले जनाएको छ ।

पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्