Logo
Logo

पोखरा-मर्दी ट्रेकिङमा गएका १ जना विदेशी पर्यटक बेपत्ता



काठमाडौं । कास्कीको पोखरा–मर्दी ट्रेकिङमा गएका एक जना विदेशी पर्यटक बेपत्ता भएका छन् ।

हिजो (शनिबार) दिउँसो ४ बजे मर्दी हाईक्याम्पबाट बेसक्याम्प हिँडेका स्वीडेनी नागरिक मिचेल बेपत्ता भएको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।

उनका अनुसार पालिकाले संकलन गर्ने पर्यटन शुल्क फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछि बेपत्ता भएको आशंकामा खोजी भइरहेको गुरुङले बताए ।

उनी अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् भने खोजीकार्य जारी रहेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्