Logo
Logo

इयुको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गर्न निर्देशन


1.3k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएका छन् ।

देशको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरे ।

सरकार–निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवद्र्धन र विकासको नीति र लक्ष्यलाई ध्यानमा राखेर काम गर्न मन्त्री किरातीले कर्मचारीलाई निर्देशन दिए ।

सो अवसरमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले प्राधिकरणले २५ वर्षको यात्राबाट पाठ सिक्दै हातेमालो गरेर भविष्यका योजनामा केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रममा नेपालका प्रथम ‘एयर ट्राफिक कन्ट्रोलर’ नारायणबहादुर सिंहलाई मरणोपरान्त सम्मान प्रदान गरियो भने रु एक लाख राशिको यस वर्षको ‘प्राधिकरण सेवा पुरस्कार’ निर्देशक राजु श्रेष्ठलाई प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्