Logo
Logo

डेनमार्ककी महारानीद्वारा राजगद्दी परित्याग



डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा गरेकी छन् । उनले १४ जनवरीमा औपचारिक रूपमा आफ्नो पद छाड्ने छिन् ।

त्यो दिन उनी रानी बनेको ५२ वर्ष हुनेछ । ‘म सिंहासन मेरो छोरा राजकुमार फ्रेडरिकलाई छोड्नेछु,’ उनले घोषणा गरिन् । ८३ वर्षीया मार्गरेट हाल संसारमा शासनमा रहेकी एकमात्र रानी हुन् भने उनी युरोपमा सबैभन्दा लामो समयसम्म पदमा रहेकी छन् । 

उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचारपछि यो निर्णय गरेको खुलासा गरिन् । प्रधानमन्त्री मेटे फ्रेडरिकसनले रानीलाई उनको सेवाको लागि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्