Logo
Logo

बालकुमारी घटना : उच्चस्तरीय जाँचबुझ आयोगले कहिले पेस गर्छ प्रतिवेदन ?


630
Shares

काठमाडौं । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

उक्त बैठकले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो ।

पौडेलको नेतृत्वमा पूर्वएआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य ताेकिएकाे छ ।

आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । आयोगले आजैदेखि काम थाल्नेछ ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्