Logo
Logo

गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न : मन्त्रीलाई धकेल्ने परिस्थिति कसरी आयो ?


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकुमारीमा मन्त्रीलाई धकेल्ने र गाडी जलाउने परिस्थिति कसरी आयो भन्दै प्रश्न गरेका छन् ।

सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद थानीले मन्त्रीलाई धकेल्ने र गाडी नै जलाउने परिस्थिति किन आयो भनेर गृहमन्त्री श्रेष्ठलाई प्रश्न गरेका हुन् ।

‘युवाहरू अगाडीदेखि नै आक्रोशित थिए । आन्दोलन भइरहेका बेलामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी त्यही बाटो किन आयो ?,’ उनले प्रश्न गर्दै भने, ‘मन्त्रीलाई धकेल्ने र गाडी जनाउने परिस्थिति किन आयो ? सरकारले किन अनदेखा गरिरहेको छ ।’

सांसद थानीले बालकुमारी घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई आर्थिक क्षतिपुर्तीसहित रोजगारी दिने विषयमा सरकारले सोच्नुपर्ने बताए ।

उनले भने, ‘बालकुमारी घटनामा मृतकका परिवारको आर्थिक अवस्था कमजोर छ । मृतकहरू कहाँ जाँदै थिए ? रोजगारीका लागि जाँदै थिए । आमा, बाबु, दिदीबहिनी पाल्नुपर्ने भनेर जान लागेका उनीहरूलाई दिइएको १०÷२० लाख मासिन सक्छ । त्यसैले उनका परिवारलाई तत्काल रोजगारीको व्यवस्था गरियोस् भन्ने कुरा गृहमन्त्रीलाई भन्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्