Logo
Logo

रविले गरे गृहमन्त्रीको चर्को आलोचना


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । बालकुमारी घटनाबारे राज्य व्यवस्था समितिको बैठकमा बोल्दै लामिछानेले गोली कहिले चलेको भन्ने कुरामा अहिले पनि क्लियर हुन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठमा नैतिकता नभेटिएको बताएका हुन् ।

‘गृहमन्त्रीज्यू तपाईं नेतृत्वको गृह प्रशासनले विदेशमा गएर पेट पाल्छु भन्ने युवाको हत्या ग¥यो । यो कुराको हेक्का राख्नुस् । प्रशासनले अब गम्भीरतापूर्वक तपाईंलाई लिँदैन, ’ उनले भने, ‘समुद्रमा हराएको टाइटानिक भेटिएला तर, तपाईंहरुमा नैतिकता भेटिँदैन ।’

उनले मान्छेको छाती घुँडाभन्दा तल हो ? आदेशमा त घुँडाभन्दा तल चलाउनु भन्ने देखिएको भन्दै प्रश्न गरे । सानो दर्जाको कर्मचारीलाई बली चढाउने काम भएको भन्दै लामिछानेले गृहमन्त्रीको स्पिरिटमा प्रहरी नरहेको पनि दाबी गरे ।

‘तपाईंको स्पिरिटभित्र प्रहरी रहेन। गृहमन्त्री त्यो नारायणकाजी रहेन। पदको लोभमा बसेको नारायणकाजी रह्यो’, उनले भने ।
‘तपाईंलाई आदर्श नेताको रुपमा हेरेको थियौं, तपाईंको स्पिरिट प्रहरी प्रशासनले काम गर्न छाड्यो’, उनले भने, ‘नैतिकताको प्रश्न खडा भएको छ । म सिकारु राजनीतिज्ञले नैतिकता सिकाउने हैसियत त राख्दिन। तर गृह प्रशासन काम गर्न दिने अवस्थामा छैन ।’

प्रतिक्रिया दिनुहोस्