Logo
Logo

पूर्व मन्त्री बाँस्कोटाद्वारा गाली बेइज्जती मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ फागुन ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले आफूमाथि झुटा आरोप लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालत गुहारेका छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

बाँस्कोटाले अडियोमाथि छानबिन हुनुपर्ने माग गर्दै शुक्रबार दिउँसो जिल्ला अदालत काठमाडौं पुगेका छन् । उनले विजयप्रकाश मिश्रविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका हुन् ।

उनले फेसबुक र ट्वीटरमा लेखेका छन्,‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।
मिश्रविरुद्ध लेखा समितिले प्रहरीमा समेत उजुरी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्