
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच छलफल सुरू भएको छ ।
उक्त छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य नेताहरू प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।
बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
आसन्न माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल जारी रहेको बताइएको छ ।














