Logo
Logo

जापानमा अवतरणका क्रममा विमानमा आगलागी


3.2k
Shares

काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा मंगलबार साँझ आगलागी भएको हो ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ । अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ ।

घटना हुँदा विमानमा यात्री सवार थिए । विमानमा सवार ३७९ यात्रु र चालक दलका सबै सदस्यलाई बाहिर निकालिएको बताइएको छ ।

जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ । कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको रोयटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्