Logo
Logo

राष्ट्रियसभा निर्वाचन : सिट बाँडफाँडबारे कांग्रेस-माओवादी केन्द्रबीच छलफल


1.1k
Shares

काठमाडौं । राष्ट्रिसभा निर्वाचनबारे सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच छलफल सुरू भएको छ ।

उक्त छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा सहभागी छन् ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दुई दलका शीर्ष नेताहरूबीच छलफल जारी छ । हिजो (मंगलबार) पनि छलफल भएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनबारे हिजो (मंगलबार) पनि कांग्रेस र माओवादी केन्द्रबीच छलफल भएको थियो । यद्यपि हिजोको छलफलबाट सहमति टुंगोमा नपुगेपछि आज पुनः उनीहरू छलफलमा छन् ।

हिजो बेलुका प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए । तर, प्रचण्ड–ओलीबीच के विषमा छलफल भएको हो, सोबारे सञ्चारमाध्यमलाई जानकारी गराइएको छैन ।

निर्वाचन आयोगले यहीँ पुष २३ मा उम्मेदवारी दर्ताका लागि समय तोकेको छ । मतदान भने आसन्न माघ ११ मा हुनेछ । राष्ट्रियसभा सदस्यको रिक्त १९ सिटका लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्