Logo
Logo

एमाले सचिवालय बैठक आह्वान, एजेन्डा- राष्ट्रियसभाको उम्मेदवार चयन


504
Shares

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक भोलि (शुक्रबार)का लागि आह्वान गरेको पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जनाकारी दिए ।

उनका अनुसार उक्त बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १२ बजेका लागि आह्वान गरिएको छ । मध्यपहाडी संकल्प यात्राको समीक्षा, पार्टीको आगामी रणनीति, राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनलगायतका एजेन्डामा छलफल हुनेछ ।

यहीँ पुष २३ मा राष्ट्रियसभा सदस्यको १९ पदका लागि मनोनयन दर्ता हुँदैछ भने आसन्न माघ ११ गते निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्