
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् । उनी दुईदिने भ्रमणका लागि आज (बिहीबार) नेपाल आउने पराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । नेपाल–भारत संयुक्त आयोगको बैठक काठमाडौंमा आयोजना गरिएको छ ।
नेपाल भ्रमणका आइपुगेपछि भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । उनका अनुसार दुई देशको संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व जयशंकरले गर्नेछन् ।
विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका बेला नेपाल र भारतबीच दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । दीर्घकालीन उर्जा खरिदसम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रकम बढाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।














