Logo
Logo

भारतीय विदेशमन्त्रीसमक्ष राष्ट्रपतिले उठाए तीन विषय


2.8k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य तीन निषयमा नेपाल भारत सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

बिहीबार बिहान भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल–भारत कनेक्टीभिटी, जलवायु परिवर्तनका असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य आवश्यक रहेकोमा जोड दिएका हुन् ।

राष्ट्रपतिले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेन्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरे ।

त्यस अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्