काठमाडौं, १८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गाैला प्रत्यारोपण हुने भएको छ । नेकपाको आइतबारको सचिवालय बैठकमा यससम्बन्धिमा ओलीले जानकारी गराएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा ओलीको मिर्गाैला प्रत्यारोपण हुन लागेको हो । यसका लागि सोमबार अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा अन्य राजनीतिक विषयमा छलफल नभएको श्रेष्ठले बताए ।
ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण हुन लागेको हो ।











