Logo
Logo

झलनाथको आरोप- भारतसँग राष्ट्रहित विरोधी सम्झौता भयो


2.3k
Shares

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतसँग राष्ट्रहित विरोधी सम्झौता भएको आरोप लगाएका छन् ।

बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भएका चार सम्झौतामध्ये ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना नामक’ सम्झौता आश्चर्यजनक भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सम्झौता बमोजिम अब देखि छिमेकी भारतको नेपाल स्थित राजदूतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्नेछ । एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो । गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीहरूलाई स्तब्ध आश्चर्यचकित र क्रुद्ध बनाएको छ ।’

उनले उक्त सम्झौता राष्ट्र हित विरोधी मात्र नभई नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाड भएको बताएका छन् ।

‘यो लापरबाहीपूर्ण र राष्ट्र हित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट कडा शब्दमा विरोध गर्न चाहन्छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्