
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका जयशंकरले आज (शुक्रबार) बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेका हुन् ।
त्यस क्रममा उनले पशुपतिमा पूजाआजा गर्नुका साथै रुद्राक्षको वृक्षरोपणसमेत गरेका छन् । दुई दिने नेपाल सकेर उनी आजै दिउँसो स्वदेश फर्किने छन् ।














