Logo
Logo

टी-२० विश्वकप : नेपालले दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्ससँग खेल्ने


1.3k
Shares

काठमाडौं । आईसीसीले यस वर्षको जुन–जुलाईमा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । नवौँ संस्करणको प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

आईसीसीले आज शुक्रवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह ुडीु मा रहेको छ । यो समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

समूह ‘ए’मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् ।

सार्वजनिक तालिकाअनुसार न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी समूह ‘सी’मा छन् ।

प्रतिक्रिया दिनुहोस्