Logo
Logo

एमालेले राष्ट्रियसभाका १९ वटै पदमा उम्मेदवारी दिने


567
Shares

काठमाडौं । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो

प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर पार्टीले निर्णय लिने महासचिव शंकर पोखरेलले जानकारी दिए । एमालेको प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस गरेको छ ।

यस्तै एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, बागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको महासचिव पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्