Logo
Logo

स्थानीयले बिहानेदैखि प्रदर्शन सुरु गरेपछि बरहथवामा भोलिसम्म निषेधाज्ञा


567
Shares

काठमाडौं । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेका छ । स्थानीय अस्पतालको स्तरोन्नतीको विषयलाई लिएर शुक्रबार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि बरहथवा नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

तर, स्थानीयले कर्फ्यु उल्लंघन गर्दै शनिबार बिहानैदेखि बरहथवा बजारमा प्रदर्शन सुरु गरेपछि आज बिहान ८ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा लागू गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको शव अहिले पनि घटनास्थलमै छ ।

प्रतिक्रिया दिनुहोस्