Logo
Logo

गठबन्धनमा राष्ट्रियसभा निर्वाचनकाे सिट बाँडफाट टुंगियो


6.3k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध चार दलले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाट टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मध्यराति १२ बजेसम्म बसेको गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच भएको छलफलले सिट बाँडफाँट करिब टुंगो लगाएको हो ।

कांग्रेस नेता रमेश लेखकका अनुसार आगामी माघ ११ मा निर्वाचन हुने १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने भएका हुन् । त्यसअघि बैठकमा कांग्रेसले ११, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले ३/३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १/१ सिट दाबी गरेका थिए ।

यद्यपि एकीकृत समाजवादी र जसपाले थप एक–एक सिटको दाबी छाडेका छैनन् । कांग्रेस र माओवादीले एक–एक सिट छाड्नुपर्ने एकीकृत समाजवादी र जसपाको अडान छ । मतभारलाई हिसाब गर्दै कांग्रेस र माओवादीले एकीकृत समाजवादी र जसपालाई थप सिट दिने अवस्था नरहेको बताएका छन् ।

यता जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र जनमोर्चाले एक–एक सिटमा दाबी गरेपनि राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबिच मात्र भागबण्डा भएको देखिन्छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्