Logo
Logo

भीमसिंह गुरुङ बास्केटबल संघको अध्यक्ष चयन


630
Shares

काठमाडौं । नेपाल बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न पाँचौँ चुनावी साधारण सभाले गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए । जुमप्रसाद गुरुङ र मनिषकुमार हयोजु उपाध्यक्ष, नरेन्द्र थापा महासचिव, फनिन्द्रमान श्रेष्ठ सचिव तथा विष्णुहरि त्रिपाठी कोषाध्यक्ष निर्वाचित भएका छन् । यस्तै, पवनकुमार थापा, सरोजा कोइराला (श्रेष्ठ), बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्यमा चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्