
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । गठबन्धन दलहरूको बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न पदाधिकारी बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
शनिवार राति गठबन्धनमा आबद्ध चार दलबीच सिट बाँडफाँटमा सहमति भएको थियो । तर माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ ।














