Logo
Logo

बक्यौता रकम किस्ताबन्दीमा बुझाउन प्राधिकरणको ताकेता


630
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल रकम बुझाउन ६० महिनाको समय दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै तिर्न बाँकी बक्यौता रकम ६० महिनाभित्र किस्तामा तिर्न भनेको हो ।

प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिनेछ ।

यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्