Logo
Logo

यू-१९ : गुलशनको शतकमा नेपालको फराकिलो जित


1.7k
Shares

काठमाडौं । विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेका नेपाली टोलीले यू–१९ अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनको फराकिलो अन्तरले हराएको छ ।

अलराउन्डर गुलशन झाको शतकमा नेपालले फराकिलो जित दर्ता गरेको हो । जितको लागि २८५ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ दशमलव २ ओभरमा १४९ रनमा अलआउट भयो। ।

स्कटल्यान्डका उजैर अहमदले २८ र खानले २४ रन बनाए। नेपालका तिलक राजभण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए ।त्यसअघि नेपाल ४९ दशमलव २ ओभरमा २८४ रनमा अल आउट भएको थियो ।

गुलशन झाले ११५ बलमा ११४ रनको शतकिय इनिङ्स खेलेका थिए भने दीपक बोहरा ५४ बलमा ५८ रनमा अविजित रहे । जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्