
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् ।
प्राधिकरणमा एमडीएमएस, टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेका बेला खनालले सञ्चार मन्त्री रेखा शर्मा समक्ष राजीनामा बुझाएका हुन् । खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा २०७६ साउनबाट प्राधिकरणको जिम्मेवारीमा आएका थिए । पछिल्लो समय स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।














