Logo
Logo

रास्वपा केन्द्रीय सदस्य र सांसदको लेबी शुल्क २५ हजार रुपैयाँ


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेको छ ।

आज सिंहदरबारमा बसेको सचिवालय बैठकले लेबी शुल्कमा एकरूपता ल्याउन लागि केन्द्रीय सदस्य र सांसदहरूका लागि वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

यसअघि केन्द्रीय सदस्यहरूले एक लाख रुपैयाँ तिर्नुपर्थ्यो । यस्तै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचतेक परियारले जानकारी दिए ।

उनले भने, ‘पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ । त्यस्तै पार्टीको लेबी शुल्कका लागि केन्द्रीय सदस्य र सांसदहरूले वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्ने निर्धारण गरेका छौँ ।’

यसैगरी बैठकले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ । बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगको सचिवमा भूमिनन्द बराल र सदस्यहरूमा प्रा. डा. अत्यन्द्र दाहाल, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्