Logo
Logo

‘तपस्वी’को घरमा सम्पत्तिको थुप्रो


2.2k
Shares

काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गर्दै हात्तीगौंडा स्थित बम्जनको घरबाट ३ करोड ३ लाख भन्दा बढी नगद बरामद गरिएको जानकारी दिएको हो । बरामद नगद ५ सय र १ हजार दरका छन् ।

त्यस्तै अमेरिका, चीन र इन्डोनेसियालगायत १७ मुलुकका केही मुद्रा पनि बरामद गरेको छ । अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिया युआन ५ लाख भन्दा बढीको रहेको छ ।

यसैगरि अष्ट्रेलियन डलर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् ।

त्यसैगरि मोबाइल १४ थान, पेनड्राइभ २० थान, आइप्याड ५ थान, मोटरसाइकल ४ र गाडी २ वटा पनि बरामद गरेको सीआइबीले जनाएको छ । सीआईबीका अनुसार प्रहरी पुगेपछि उनी घरको दुई तलाबाट हामफालेर भाग्न खोजेका थिए ।

सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेका उनलाई सीआईबीले मंगलबार बेलुका घरबाटै पक्राउ गरेको हाे ।

प्रतिक्रिया दिनुहोस्